फेवा किनारको दरबारमा राजा र रैतीको फरक हेर्नुहोला: पर्यटनमन्त्री किराती

पाेखरा | जेठ १५, २०८०

फेवा किनारको दरबारमा राजा र रैतीको फरक हेर्नुहोला:  पर्यटनमन्त्री किराती

पोखरा:    संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आज पोखराको लेकसाइडस्थित रत्नमन्दिर खुल्ला गरिएको घोषणा गर्दै राजाको ठाँटबाँठ हेर्न आग्रह गरे । 


२०१३-०१५ को भौतिक विकास र राजारानी बस्ने दरबारको इतिहास हेर्न सुझाव दिँदै मन्त्री किरातीले त्यसबखतको राजकीय शान र रैतीको अवस्था दाँज्न आग्रह गरे । 


‘हिजोको पोखरा र आजको पोखरा हेर्नुहोस्, २०१३ देखि ०१५ सम्मको भौतिक विकास कस्तो थियो, राजारानी बस्ने दरबार त राम्रै थियो, मन्त्री किरातीले भने, ‘रत्न मन्दिर दरबार हेर्दा लाग्न सक्छ राजा रानी साधारण थिए, तर इतिहास हेर्नुपर्छ, समयसँगै परिवर्तन आएको छ, संरचनामा परिवर्तन आएको छ ।’


उनले ऐतिहासिक स्थलहरुको संरक्षण गर्ने दायित्व आम नेपालीहरुको काँधमा आएको बताए । ‘राजाले के गरे भन्ने विषय इतिहास भइसकेको छ, ऐतिहासिक स्थलहरुको संरक्षण गर्ने जिम्मा नेपाली सबैको हो, उनले भने, ‘पर्यटन क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड हो पोखरास्थित रत्नमन्दिर दरबार, ताल, सांस्कृतिक सम्पदाहरुको संरक्षण र प्रचारप्रसार गर्नु सबैको कर्तव्य हो ।’


यस्तै कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रेशम जुग्जालीले रत्नमन्दिर दरबारको संरक्षण गर्ने दायित्व स्थानीय सरकारलाई दिन आग्रह गरे । 


नेपाल ट्रष्टको मातहतमा रहेको तत्कालीन राजा महेन्द्र शाहले रानी रत्नका लागि उपहारस्वरुप २०१५ सालमा फेवाताल किनारमा बनाएको रत्न मन्दिर हाल नेपाल ट्रष्टको मातहतमा रहेको छ । 


२०६५ सालमा गणतन्त्र स्थापना भएपछि १७४-४-२-० रोपनी क्षेत्रफलमा फैलिएको  पोखरास्थित दरबार नेपाल ट्रष्टको कार्यालय मातहत राखिएको थियो ।


नेपाल ट्रष्टको कार्यालयले रत्नमन्दिरको सम्पत्ति उपभोगका स्थिति अनुसार पाँच वटा क्षेत्रमा विभाजन गरेको छ, आज गणतन्त्र दिवसको अवसरमा पाँच क्षेत्र मध्ये क्षेत्र नं १ र २ मात्र सर्वसाधारणको लागि खुलेको छ । 


 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्